Saadagi to Hamari Zara Dehiye

Shree Krishna Jamakatel
2 min readJan 8, 2021
Saadagi To Hamari Zara Dekhiye, Nusrat Fateh Ali Khan

मेरो सहजतालाई त हेर

तिमीले मलाई वचन मात्रै के दिएका थियौ

त्यसमाथि मैले सजिलै विश्वास गरिदिएँ।

मेरो सहजतालाई त हेर।

नशामा एक परीलाई मैलै भगवान भनिदिएँ

मैले जे भनेँ, धर्ती र आकाश सबैले सुन्ने गरी भनिदिएँ।

मेरो सहजतालाई त हेर।

मेरो स्नेह र प्रेमलाई त हेर

कति सहजै मैले तिमीलाई भगवान मानिदिएँ।

सम्मान, चाहना, प्रेम र सरलतामा

तिम्रो गुनासो मैले तिमी सँग नै गरिदिएँ।

मेरो सहजतालाई त हेर।

आज म जे छु, त्यो तिमीले दिएको उपहारको स्वरूप हो

तिम्रो स्नेहमा मैले आफूलाई नै बर्बाद गरिदिएँ।

मेरो सहजतालाई त हेर।

कुरा त एक रातको लागि मात्रै थियो

तर म जीवनभर नै तिम्रो लागि पर्खेर बसिदिएँ।

मेरो सहजतालाई त हेर।

मायामा दुख-कष्टहरू पहिला नै टन्नै थिए

त्यसमाथि मैले एउटा नयाँ बिमारीलाई बनाएर थपिदिएँ।

मेरो सहजतालाई त हेर।

मानिसहरू हत्याराको छायाँ सँग नै डराउछन

तर मैले त्यहि हत्याराको मनमा घर बनाइदिएँ।

मेरो सहजतालाई त हेर।

म त केवल एउटा विस्वासधाती को कुरा गर्दै छु..

तर मेरो कथा सुनेर तिम्रो आँखा किन रसाउदैँ छन?

यति सानो कुरामा नै तिमी त दुखित पो हुँदै छौ।

म त केवल एउटा विस्वासधाती को पो कुरा गर्दै छु..

मरो बर्बादीमा तिम्रो कुनै हात नै छैन

तर तिम्रा यी आँखा किन रसाएका हुन?

म त केवल एउटा विस्वासधाती को पो कुरा गर्दै छु

मेरो हालत देखेर तिमी निराश किन भएका हौ र?

म त केवल एउटा विस्वासधाती को पो कुरा गर्दै छु..

तिमीलाई यस्तो कुरामा के मतलब छ र?

तिमीले त कुनै विस्वासधात गरेको छैनौ

तिमीले त कसैको मन दुखाएको छैनौ

तिमीले आफ्नो अनुहारलाई अर्को पट्टी किन फर्काउँछौ?

जब साँझको बेला हुन्छ,

म सागरसरि वेदनाहरू पोखिदिन्छु

र जब कसैले विस्वास र मायाको कुरा गर्छ

म तिम्रो उदारण दिने गर्छु…

तिमीले त कुनै विस्वासधात गरेको छैनौ…

मेरा आँखामा आँखा किन जुधाएका थियौँ?

मेरो मनमा मायाको आगो किन सल्काएका थियौँ?

अनि यसरी प्रेममा मलाई पागल बनाएर

आफू चाहिँ आफ्नो अनुहार किन लुकाउछौँ?

तिमीले त कुनै विस्वासधात गरेको हैनौ

तिमीले त कसैको मन दुखाएको छैनौ

र पनि आफ्नो अनुहार किन झुकाउछौ?

जीन्दगीभरका गुनासाहरु बाँकी नै थिए

तर समयले गर्दा सबै दोहोर्याउन सकिन।

मैले पुरै कथालाई छोटो बनाएँ

र एकै क्षणमा सबै कुरा भनिदिएँ।

ब्याकुल छ मन र शान्ति छैन

मनमा चैन र रातमा निन्द्रा छैन।

यस्तै हुन्छ भन्ने मलाई पहिलै थाहा थियो

तर पनि मैले तिमीसँग माया साटिदिएँ।

जीन्दगीको लामो यात्रामा धेरै टाढासम्म

कुनै साथी मैले नदेखेपछि

एकान्तसँग डराएर

मैले एउटा दुश्मनलाई जीवनसाथी बनाइदिएँ।

मेरो सहजतालाई त हेर

तिमीले मलाई के वचन मात्रै दिएका थियौँ

त्यसमाथि मैले सजिलै विस्वास गरिदिएँ।

Sadagi Toh Hamari Zara Dekhiye

--

--