माया र मित्रता

Shree Krishna Jamakatel
1 min readMay 28, 2021

जसलाई मैले माया गर्छु भनेँ

उनीहरूले भने,

“तिमी त मेरो साथी मात्रै हौ”..

खासमा म उनीहरूको साथी नै बन्न चाहन्थे

उनीहरूले मलाई साथी त भने

तर हामी साथी भने हुन सकेनौँ।

किनभने हाम्रो सम्बन्ध

माया भन्दा टाढा जान सकेन..

जब माया नै छैन भने

मित्रता हुनै सक्दैन..

मित्रता भनेको त,

अन्तिम लक्ष्य हो।

किनभने,

पहिला त कोही तिमीलाई मन पर्छ

तिमीलाई आफ्नो जस्तो लाग्न थाल्छ,

उसको नजिक जान मन लाग्छ,

अनि आफ्नो कुरा भन्न मन लाग्छ…

बिस्तारै एक आपसमा

आफ्ना कुराहरु साटासाट हुन्छ,

अनि दुबैको कुराहरु मिल्छ

मन मिल्छ,

अनि दुवै एउटै जस्तो हौँ

भन्ने भावना आँउछ

अनि साथी हुन्छौँ..

पछि त्यहि साथित्व,

मित्रतामा परिणत हुन्छ…

किनभने पछि लाग्दैन कि

अब हामी छुट्टै हौँ..

मित्रतामा कुनै

बन्धन हुँदैन…

त्यहिँ भएर अब मलाई

तिमी मेरो साथी हो

भनेर नभन्नु..

पहिला मलाई माया नै गर्नु

अनि बल्ल माया भन्दा

अझ गहिरो सम्बन्ध

बनाउन मन भए मात्र भन्नु

“म तिम्रो साथी बन्न चाहन्छु”।

--

--